Section 12
इजाजतपत्रको अवधि र नवीकरण
: (१) इजाजतपत्र दफा १३ बमोजिम रद्द भएको अवस्थामा बाहेक एक आर्थिक वर्षसम्म मान्य हुनेछ । इजाजतपत्र जुनसुकै मितिमा प्रदान गरिएको भए तापनि सो आर्थिक वर्षकोअन्त्यमा त्यस्तो इजाजतपत्रको अवधि समाप्त हुनेछ ।
(२) इजाजतपत्र नवीकरण गर्न चाहने इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्षमा तोकिएको समयभित्र तोकिए बमोजिमको विवरण र दस्तुर बुझाई इजाजतपत्र नवीकरण गराउन सक्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै इजाजतपत्रवालाले तीन वर्षको नवीकरण दस्तुर एकैपटक तिरी तीन आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउनसक्नेछ ।